आज हावाहुरी सहित ठूलो वर्षा हुने सम्भावना

आज देशभरि आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपातको संभावना छ ।

त्यस्तै, राति देशभरि आंशिक देखि सामान्य बदलि रही देशका थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपातको संभावना छ ।

जेष्ठ ०२ गते (बिहिबार)

दिउँसो देशभरि आंशिक देखि सामान्य बदलि रही पश्चिम र मध्य पहाडीका थोरै स्थानहरुमा र पूर्वका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ । राति देशभरि आंशिक देखि सामान्य बदलि रही देशका केहि भूभागमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।

गत तीन दिनदेखि देशभरका विभिन्न स्थानहरुमा भएको मौसम बदलीले केहि स्थानहरुमा बर्षात संगै हावाहुरी पनि लागेको छ। बैशाख ३१ देखि जेष्ठ २ सम्म गरिएको मौसम अनुमानले आज बिहीबारका दिन पनि वर्षा संगै हावाहुरीको सम्भावना रहको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

Related posts

Leave a Comment