आज २ जेठ, २०७६ – बिहिवारको राशिफल

मेष

घरपरिवारमा झमेला आउन सक्ला, ख्याल गर्नुहोला । सरकारी संस्थाको डर रहनेछ । मिष्ठान्न भोजन हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ ।

वृष

वैवाहिक सम्बन्ध सुखमय हुनेछ । आँटेको कुरा पूरा हुने समय छ । व्यवसायमा पूर्ण लाभ मिल्नेछ । रमाइलो कार्यक्रममा सहभागी भइएला ।

मिथुन

पूर्ण हुन लागेको काम बिग्रन सक्ला । सगंत खराब रहनाले आफैमा हानी हुन सक्ला । राम्रो कामको चर्चा चल्नेछ । जोश जाँगर बढ्नेछ । दाम, नाम कमाउने बेला छ ।

कर्कट

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

सिंह

साँझदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। आम्दानीका स्रोत बढ्नेछन्। 

कन्या

स्थान परिवर्तनका विशेष योग देखिन्छन् । रोकिएको धन हात पर्ला । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैशा खर्च हुने योगछ ।

तुला

टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। साँझदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्।

वृश्चिक

समाजसेवामा मन जाग्नेछ । मनमा शान्ति छाउने देखिन्छ । आँटेको कार्य पूरा होला । धर्मकर्ममा मन लाग्नेछ ।

धनु

धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् ।

मकर

केही चुनौती देखिए पनि मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। 

कुम्भ

आर्थिक संकट आउन सक्ला । मालसामान हराउन सक्ने डर छ । सचेत रहनुहोला । प्रेमीको साथ सहयोग मिल्नेछ । राम्रो कामको चौतर्फी चर्चा चल्नेछ ।

मीन

धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । धर्म,कर्ममा मन लाग्नेछ । शुभ समाचार सुन्न पाइएला ।

Related posts

Leave a Comment