एक शिक्षकले २ छोरीको हत्या गर्दै श्रीमतीलाई फोटो पठाए

कलेजमा पढाउने एक शिक्षकले आफ्ना दुइ छोरीहरुको झुण्डायर हत्या गरि सो मृत तस्बिर आफ्नो श्रीमतीलाई ह्वाटसयाप मार्फत पठाएका छन् । श्रीमतीलाई फोटो पठाए लगत्तै उनले आत्महत्या गरेका छन् ।

पुलिसका अनुसार यो घटना बिहान १ बजे तिर ४० बर्षीय आइटीआइ शिक्षक रिशिकांत कुदुपलीको घर मा घटेको हो ।

रिशिकांत का भाई गोपाल कुदुपालीका अनुसार, रिशिकांत आफ्नी श्रीमती प्रगतिदेखि दिक्क थिए किनकि उनकी श्रीमती आफ्नो स्थानीय प्राइभेट ड्राईभरसंग प्रेमसम्बन्ध मा थीइन । केहि दिन अघि प्रगति उनी ड्राईभरसंग आफ्नो परिवार छोडी भाग्न पुगिन । उनको परिवारमा २ छोरी र श्रीमान श्रीमती थिए।

यही कुराको पिरले रिशिकांतले आफ्ना दुई छोरीहरुलाई झुण्डाएर मारे र श्रीमतीलाई मारेको फोटो पठाए र आफुले पनि आत्महत्या गरे।
यो घटना भारत को बल्लापुर ठाउँ को हो । यो ठाउँ नागपुरदेखि १७० किलोमिटर टाढा छ ।

Related posts

Leave a Comment