एनएमबी बैंक र ओम बैंक अब मर्ज हुने, ओमका शेयरधनीलाई १२ प्रतिशत बोनस

एनएमबी बैंक र ओम बैंकले बिहिबार होटेल अन्नपुर्णमा मर्जरका लागि एमओयू सम्झौता गरेका छन् । एमओयू सम्झौतामा एनएमबि बैंकका तर्फबाट अध्यक्ष पवनकुमार गोल्यान र ओम डेभलपमेन्ट बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सुशीलकुमार कुसारीले हस्ताक्षर गरेका थिए ।

मर्जर प्रक्रियाका लागि प्राइम बैंक संग कुरा अगाडी बढाएको ओम डेभलपमेन्ट बैंकले केहि बुंदामा सम्झौता नमिल्दा एनएमबी बैंकसंग छोटो समयमा मर्जर प्रक्रियाका लागि अघि बढेको हो ।

मुलुकको समग्र बैंकिंग तथा बित्तिय प्रणाली सम्बर्दन गरि सो सर्वसाधारणको बिश्वोसनियतामा अभिवृद्धि गर्न, मुलुकको बैंकिंग तथा बित्तिय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्ष्यम बनाइ बित्तिय क्षेत्रको स्थायित्वोको लागि निक्ष्यप्कर्ता तथा लगानीकर्ताहरुको हितको संरक्ष्यन गर्न, बैंकको बित्तिय, मानब संसाधन, प्राबिधिक एबं अन्य क्षमता अभिवृद्धि गरि आधुनिक बैंकिंग सुबिधा अझ प्रभावकारी ढंगले प्रदान गर्न सक्ने तुल्याउन, व्यवसाय र शाखा संजाल विस्तार गर्न तथा बैंकको पुँजीगत आधार सुदृढ गरि प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यका साथ राष्ट्रिय स्तरको “ख” वर्गको ओम बैंक र “क” वर्गको एनएमबी बैंक लिमिटेडमा गाभिने सम्बन्धि सम्झौतापत्रमा आज मिति २०७६ साल जेठ महिना २ गतेका दिन हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा एनएमबी बैंक लिमिटेडको तर्फबाट संचालक श्री दिपकराज पाण्डे र ओम डेभलप्मेंट बैंक लिमिटेडको तर्फबाट संचालक श्री योगेंद्रलाल प्रधानले हस्ताक्षर गर्नुभयो ।

कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको मर्जरसम्बन्धि नीतिलाई सहयोग गर्न र क्षेत्रीय रुपमा बैंकलाई मजबुत बनाउन ओमसँग मर्जरमा जान चाहेको जानकारी दिए । ‘प्रदेश नं ४ मा हामीलाई बजार विस्तार गर्नु थियो, त्यसका लागि शाखा विस्तार वा सो क्षेत्रका कुनै बैंकसँग मर्ज गर्ने विकल्पमध्ये हामीले प्रदेश ४ मा उत्कृष्ठ रहेको ओम डेभलपमेन्ट बैंकसँग मर्जरमा गएका हौं ।’ उनले भने ।

प्रमुख कार्यकारी अधिकृत केसीले ४/५ वर्षअघि एनएमबि बैंकले ४/५ ओटै वित्तीय संस्थाहरुसँग मर्जर गरेको र यो मर्जर ऐतिहासिक र राम्रो मर्जर भएको भन्दै ओमसँगको मर्जर पनि एकदमै सौहार्दपूर्ण तरिकाले २ महिनाभित्रै टुङ्गिने बताए ।

उक्त मर्जरपछिको बैंकका १६३ शाखा र १५०० जना कर्मचारी कायम हुनेछन्, भने नयाँ बैंकको नाम एनएमबि बैंक नै रहने केसीले बताए । उनले १ र २ जोडेर ३ बनाउने आफूहरुको लक्ष्य नभई १२ बनाउने लक्ष्य रहेको भन्दै बैंक अब मूल्यमा आधारित बैंकिङ प्रणालीमा जाने बताए ।

Related posts

Leave a Comment