ओलीजीले झापामा गरेको राजनीतिक आन्दोलन हुने तर टीकापुरको चाहिँ घटना हुने कसरी ?

राजपा (राष्ट्रिय जनता पार्टी नेपाल) का अध्यक्ष राजेन्द्र महतोले ओलीजीले गरेको झापाको आन्दोलन चाहिँ राजनीतिक आन्दोलन हुने तर टीकापुर चाहिँ घटना कसरी हुने भन्दै टीकापुर घटना नभई राजनीतिक आन्दोलन भएको जिकिर गरेको छन् ।


बाबुराम नेतृत्वको नयाँ शक्ति पार्टीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले यस्तो खालको तर्क गरेका हुन् ।


उनले सो अन्तरक्रिया कार्यक्रममा सरकारलाई सीके राउतको प्रवक्ता बनेको आरोप समेत लगाएका थिए । उनले यस्तो तर्क गरे, “अहिलेको सरकार सीके राउतको प्रवक्ता भएको छ,” विप्लव समूहलाई सरकारले लगाएको प्रतिबन्धबारे महतोले भने, “प्रतिबन्धले समस्या समाधान हुँदैन ओलीजी । ज्ञानेन्द्रले दम्भकै कारण नारायणहिटी छोड्नु पेरको हो । ओलीजीको अहिलेको व्यवहार हेर्दा उहाँमा आजीवन प्रधानमन्त्रीमा बस्ने दम्भ देखिन्छ, नेपाली राजनीतिको इतिहासमा दम्भ बोकेका कुनै पनि शक्ति धेरै समय टिक्न सकेका छैनन् ।”

संविधान संशोधनमा वर्तमान सरकार कठोर रहेको भन्दै महतोले मधेसी जनताको अधिकार र पहिचानको मुद्दा अझै नटुङ्गिएको बताए । “जनताको हक, अधिकार र पहिचानको मागमा सरकारले संविधान संशोधन गर्न नचाहेर भेदभाव गर्छ,” नागरिकता ऐन संशोधनमा सरकार असंवेदनशील बनेको आरोप लगाउँदै महतोले भने, “हुँदाहुँदा अब छोरा र छोरीलाई पनि सरकारले भेदभाव गर्न थाल्यो ।”

छोरीले विदेशी ज्वाइँसँग विवाह गरे तिनका छोराछोरीले वंशज नागरिकता पाउनुपर्ने तर्क गर्दै महतोले थपे, “यसका लागि घरमा श्रीमती र छोरीहरुले आन्दोलन गर्नुपर्छ, घरको दानापानी बन्द गर्नुपर्छ ।”

“टीकापुर काण्ड पहिचानको लडाइँ हो, आन्दोलन हो, घटना होइन,” महतोले भने ।

Related posts

Leave a Comment