काठमाडौँमा अँध्यारो, चट्यांग, बर्षात अनुकुल मिलाएरमात्र बाहिर निस्किनु

काठमाण्डौसहित देशभरिकै मौसम अहिले बदली भई केही ठाउँमा पानी परिरहेको छ । 

पश्चिमी वायु, पूर्वमा बनेको न्यूनचापीय क्षेत्र, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण देशभरिकै मौसम बदली भई केही ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यो प्रणाली अहिले काठमाण्डौसहित मध्य क्षेत्रमा धेरै देखिएको छ । यसकै प्रभावले उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने भएकाले सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभएको छ । 

रातिपनि देशका विभिन्न भागमा वर्षा हुनुका साथै तराई क्षेत्रमा सामान्य हावाहुरीको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।   

शनिबार देशको अधिकांश भू–भागहरुमा सामान्यदेखि पूर्ण बदली रहने र  देशका केही स्थानहरुमा मेघ गर्जनका साथै हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । 

शनिबार बिहानको समयमा तराईका सिमानामा हल्का हावा हुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । तर आइतबार बारामा आएको जस्तो सम्भावना भने नदेखिएको महाशाखाको अनुमान छ । उच्च हिमाली भू–भागहरुमा हल्कादेखि मध्यम  हिमपातको सम्भावना छ ।

आगामी तीन दिनसम्म देशभर नै बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वमा बनेको न्यूनचापीय रेखा र स्थानीय वायुको प्रभावले मौसममा प्रभाव परेको हो ।

काठमाडौं उपत्यकामा बिहीबार दिउँसो केहीबेर घाम लाग्ने तर अन्य स्थानमा तत्काल मौसम सफा नहुने महाशाखाको प्रक्षेपण छ । बिहीबार राति देशको पूर्वी र मध्य भूभागमा आंशिक बदली रही पश्चिमी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

Related posts

Leave a Comment