किंडरगार्टनकी शिक्षिकाले गरिन् आपत्तिजनक हर्कत, २३ छात्रछात्रालाई खुवाईन जहर

किंडरगार्टनकी एक शिक्षिकाले २३ छात्रछात्रालाई नाइट्रेट को रूपमा बिष खान दीइन ।

यो घटना चीनको हेनान प्रान्तको जिआओजुओ भन्ने ठाउँ मेंगमेंग किंडरगार्टनको हो । घटनालगत्तै पुलिसले आरोपी टीचरलाई हिरासतमा लिएको थियो । २३ पिडित बच्चाबच्चीले सो बिष सेवन गरेपस्चात त्यसको केमिकल रियाक्सनले गर्दा धेरैलाई उल्टी हुने र बेहोस बनायको थियो । लगत्तै ती बालबालिकालाई अस्पतालमा भर्ना गरिएको थियो ।

प्रान्तीय मिडियाका अनुसार बालबालिकाको अवस्थामा की सुधार आएपछि अस्पताल देखि नै छुट्टी दिईएको थियो । यस घटनालाई लिएर छात्रछात्रा साथै उनीहरुका अभिभावक निकै डराएका थिए ।

ग्लोबल टाइम्स को रिपोर्ट अनुसार, एक छात्रका परिवार सदस्यले बताए कि २५ मार्चको दिन किंडरगार्टनका एक शिक्षकले उनीलाई फोन गरेर उनको बच्चाले केहि खाएपश्चात उल्टी गरे र बेहोस भए।

प्रान्तीय मिडियाले उनी व्यक्तिको भनाइकै आधारमा किंडरगार्टन पुग्यो र उनको बच्चा त्यहाँ बेहोस अवस्थामा भेटे । उक्त बच्चाको पेट उल्टीले भरिएको थियो । त्यहाँ अरु बच्चापनि उल्टी गर्दै थिए।

अन्य बच्चाबच्चीलाई अस्पतालमा भर्ना गरियको थियो भने एक बच्चाका परिवारका सदस्यका अनुसार उनको बच्चाको पेट नै सफा गर्नुपर्ने भएको थियो । चेकजाच गरेपस्चात नाइट्रेटको रुपमा विषादीयुक्त पदार्थ सेवन गरेको पत्ता लागेको थियो ।

नाइट्रेट एक कार्सीनोजेन तथा हैवी मेटलको समिश्रण हुन्छ, जसको सेवनले कलेजो साथै किड्नीलाई असर पुर्याउदछ ।

पुलिसका अनुसार सो दिन किंडरगार्टनमा एक टिचरले दलियामा नाइट्रेट मिलाएकी थीइन । जसको कारणले गर्दा बच्चाबच्ची बिरामी हुन पुगे। रिपोर्टका अनुसार जिआयोजुओमा स्थानीय जन सुरक्षा ब्यूरोले शिक्षकलाइ हिरासतमा लिएको छ। र उनि संग यस घटना बारे अनुसन्धान गरिएको छ ।

Related posts

Leave a Comment