चालकबिना गुड्ने बस


हरकुनै सवारीसाधन चलाउन एकजना मान्छे चाहिन्छ । हामीले ड्राइभरले गाडी चलाएको देखेकैछौँ । अब प्रविधि यस्तो आउँदैछ ड्राइभरबिना नै चल्ने बस (अटोनोमस बस) ले बजार तताउन सक्दछ । यो अटोनोमस बस जस्तोसुकै मौसमका बेलामा पनि चलाउन सकिन्छ ।


यस अटोनोमस बसलाई गाचा नाम दिइएको छ । यो बस फिनल्याण्डमा पछिल्लो साता सार्वजनिक गरिएको थियो । यस बसको डिजाइन जापानी कम्पनी म्युजीले गरेको हो भने यसको सम्पूर्ण प्रविधि फिनल्याण्डको अटोनोमस ड्राइभिंग कम्पनी सेन्सिबल फोरको हो ।
जस्तोसुकै मौसम अनुकूल चल्न सक्ने यो पहिलो अटोनोमस बस हो । साथै यस बसलाई जस्तोसुकै खराब स्थितिमा पनि रफ्तारले चलाउन पनि सकिन्छ ।


यस बसको लम्बाई भने १४.७ फिट, चौडाइ ७.८ फिट र उचाइ भने ९ फिट छ । यस बसको यात्रु अट्ने संख्या भने निकै कम छ । जम्मा १० जना यात्रु अटाउन सक्ने कम्पनीको दाबी रहेको छ । बस्न मिल्ने १० जना मात्र भएपनि यस बसमा ६ अन्य यात्रुहरु पनि उभिनसक्ने स्थान छ । यसलाई एक पटक फूल चार्ज गरेपछि एक सय किलोमिटरसम्म गुडाउन सकिन्छ । यसको अतिकतम स्पिड भनेको ४० किलोमिटर प्रतिघण्टाको रहेको छ ।

Related posts

Leave a Comment