चौधरी ग्रुपले “सीजी लाइफसेल” दुरसंचार सेवा प्रदान गर्ने ! नेपालका लागि निकै नौलो !

नेपालमा विभिन्न दुरसंचार प्रधायक कम्पनी छन् । अब त्यसमा थप्दै चौधरी गु्रपले सीजी लाइफसेल संचालन गर्ने भएको छ । टर्कसेल भन्ने टर्केली मोबाइल फोन कम्पनीसँग मिलेर चौधरी गु्रपले नेपालमा दुरसंचार सेवा प्रदान गर्ने भएको हो ।

हालै बार्सिलोनामा संचालन भइरहेको मोबाइल विश्व सम्मेलन २०१९ का क्रममा टर्केली मोबाइल फोन कम्पनी टर्कसेलसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको चौधरी गु्रपका प्रमुख विनोद चौधरीले जानकारी दिएका छन् ।

यो सेवा नेपालका लागि निकै नौलो मानिएको छ । यो इन्टरनेटमा आधारित दुरसंचार सेवा प्रदान गर्ने प्रविधि हो ।

बदलिँदो डिजिटल विश्वमा यसको विशेष महत्व रहने चौधरी गु्रपको दाबी छ । इन्टरनेटकै माध्यमबाट टेलिफोन सेवा समेत प्रदान गर्ने हुनाले यसलाई डिजिटल अप्रेटरका रुपमा पनि लिन सकिन्छ ।

सीजी लाइफसेलले प्रदान गर्ने सेवाहरु डिजिटल प्रविधिमा आधारित रहदै मोबाइल इन्टरनेट, म्युजिक स्ट्रिमिंग, भिडियो, स्पोर्टस, टिभी, स्टोरेज, सोसल मिडिया प्याक साथै थुप्रै सेवा प्रदान गरिरहेको छ ।

सस्तो दरमा इन्टरनेट चलाउन पाउने कुरा चौधरी ग्रुपले जानकारी दिएको छ ।

Related posts

Leave a Comment