छोरी अर्को कोठामा, श्रीमान ले गरे श्रीमतीको हत्या

धेरै दिनपछि जब एक महिला उनकै घरमा मृत फेला भएपछि पुलिसले हत्या आरोपमा उनका श्रीमानलाई पक्राउ गरेको छ।

यो घटना स्वोरुप्नगर, दिल्ली, भारत को हो । यस घटनाका आरोपित मृत महिलाका श्रीमान बिकाश शर्मालाई पक्राउ गरिएको छ । पैसाको बिषयलाई लिएर झगडा परेपछि बिकाशले आफ्नी श्रीमतीको हत्या गरेका हुन् ।

टाइम्स अफ इंडियाका अनुसार, उनका १० बर्षीय छोरी पल्लो कोठामा सुतिरहेकी थियिन ।

हत्यालाइ लुकाउनका लागि अटो रिक्सा ड्राइभर बिकाशले आफ्नी श्रीमतीको बिउति पार्लर मा काम गर्ने महिलालाई बोलाई आफ्नी श्रीमती सविता बिहान घर छोडेपछि नफर्किएको भनि बहाना बनाए।


जब ती महिलाले सवितालाइ भुइमा लडेको देखिन, उनीले पुलिसलाई खबर गरिन। बिकाशले अचम्ममा परेको नाटक गरे। पुलिसले पनि बिकाशले दिएको स्पस्टिकरणसंग घटनाको परिस्थिति नमिलेपछि बिकाश माथि नै शंका गर्यो ।
पुलिसले बिकाशको मोबाइल फोन अनुसार लोकेशन चेक गर्दा उनको भनाइसंग मेल नखाएको ठहर गर्यो ।


बिकाश लाइ प्रतिप्रश्न गरेपछिमात्र यथार्थ बताउन थाले। बिकाश ले भने, ” हाम्रो सधै जसो झगडा हुने गर्दथियो पैसाको बिषयलाई लिएर ।” उनले थपे, “सविता संग छुटिने योजना बनाएको थिए । तर मार्च २५ का दिन सविताले सापटी लिएर आएको व्यक्ति घरमा आएपछि श्रीमान श्रीमतीको झगडा पर्न थाल्यो ।”


बिकाशले आफ्नी श्रीमतीलाई त्यो ब्यबसाय नगर्न सुझाउदै गर्दा झगडा बढेपछि उनले सविताको घाटीमा धारिलो चक्कुले प्रहार गरे र सविता अचेत भै मृत अवस्थामा पुगिन।

पुलिसले हत्या गर्दाको हतियार पनि फेला पारेको छ।

Related posts

Leave a Comment