तीन दिनमै १ अर्बको कमाई

१७ वर्षपश्चात् अनिल कपुर र माधुरी दीक्षितको जोडी चलचित्र टोटल धमालपछि चर्चामा आएको छ । धमाल बलिउडको एक ब्राण्ड चलचित्र मानिन्छ । यसअघिका धमाल र डबल धमालले निकै राम्रो चर्चा कमाएका थिए ।

खराब रिभ्यूजका बाबजुत पनि टोटल धमालले तीन दिनमै करिब १ अर्ब रुपैँया कमाएको छ ।

यस चलचित्रमा अनिल कपुर, अजय देवगन, अरशद वारसी, संजय मिश्रा, रितेश देशमुख, माधुरी दीक्षित, जावेद जाफेरी, जोनी लिवर जस्ता ख्यातिप्राप्त कलाकारहरुको अभिनय रहेको छ ।

हाँस्य, एक्सन र एडभेन्चर मा आधारित रहेको चलचित्र टोटल धमाल इन्द्र कुमारले निर्देशन गरेका हुन् । उनले चलचित्र दिल, बेटा, मस्ति, धमाल र अन्य गुजराती फिल्महरु निर्माण गरिसकेका छन् ।

Related posts

Leave a Comment