दक्षिण कोरियाले सफलतापुर्वक ल्यायो फ़ाईभ–जी दूरसञ्चार सेवा: १ सेकेन्ड १ फिल्म डाउनलोड

यसअघि चीनलाई फ़ाईभ-जी सेवा आउनु अगाडिनै सिक्स-जीको हतार भएको समाचारले अचम्मनै तुल्याएको थियो । तर दक्षिण कोरियाले बिश्वोमा नै पूर्ण रुपमा विकशित फ़ाईभ-जी को मोबाइल नेटवर्क बिकाश गरेको बताएको छ । यस प्रविधिले मोबाइल बाट डाटा ट्रान्सफर गर्नमा उच्चस्तरिय भूमिका निर्वाह गर्नेछ ।

फाइभ-जी दुरसंचार सेवाले अनलाइन दुनियामा मानिसको दैनिक जीवनमा निकै सघाउ पुर्याउनेछ । पुस्ताको ताररहीत यस प्रविधिले मोबाइलमा कुराकानी मात्र होइन पाउरोटी सेकाउने टोस्टर मेसिनदेखि टेलिफोन, विद्युतीय कारदेखि विद्युत प्रसारण लाइनसम्मको व्यवस्थापनमा सघाउनेछ ।

यस प्रविधि चौथो पुस्ता फोर-जी भन्दा निकै तिब्र वेग अर्थात् २० गुना धेरै वेगको हुनेछ । फाइभ-जी प्रविधिको प्रयोगबाट एक सेकेन्डमा एउटा सिंगो चलचित्र डाउनलोड गर्न सकिनेछ ।

कोरियामा हालसम्म कुनै पनि कम्पनीले पाँचौं पुस्ताको टेलिकम सेवा देशभर उपलब्ध गराएका छैनन् । अमेरिकामा पनि केही ससाना क्षेत्रमा यस्तो सेवा उपलब्ध हुन थालेको छ र यो सेवा वाइफाइबाट मात्र उपलब्ध हुन्छ । कतारको टेलिकम कम्पनी उरेडूले दोहामा पाँचौं पुस्ताको टेलिकम सेवा प्रदान गर्न थालेको छ, तर फाइब–जी सेवा सञ्चालन गर्ने उपकरणको अभाव छ ।

अमेरिकी कम्पनी भेरिजोनले अर्को सातादेखि अमेरिकी सहरहरु सिकागो र मिनियापोलिसका मोबाइल उपभोक्ताका लागि पाँचौं पुस्ताको टेलिकम सेवा उपलब्ध गराउँदैछ ।

यसै वर्षको अन्त्यसम्ममा देशका ३० भन्दाबढी सहरमा यो सेवा प्रदान गरिने कम्पनीले जनाएको छ । जापानमा पनि सन् २०१९ भित्रै सीमित क्षेत्रमा फाइब–जी सेवा उपलब्ध गराउने योजना अघि सारिएको छ । अर्को वर्षको टोकियो ओलम्पिक्स अघि नै फाइब–जी सेवा पूर्ण रुपमा उपलब्ध गराउने जापानको तयारी छ ।

दक्षिण कोरियाको यस प्रविधिले अमेरिका र चीनबाट ठूलै चुनौतीको सामना गर्नुपर्ने छ । नवीन प्रविधि विकासमा दक्षिण कोरिया समकालीन विश्वमा निकै अघि मानिन्छ ।

Related posts

Leave a Comment