दाहालपत्नीको उपचार सकियो

नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एक साताअघि पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका थिए । उनकी श्रीमतीको अमेरिकामा उपचार प्रकिया सकिएको छ ।


दाहालपत्नी सीता वंशाणुगत पार्किन्सन रोगबाट ग्रसित रहेको कुरा उनको स्वास्थ्य परीक्षणपछि त्यहाँका चिकित्सकहरुले निक्र्यौल गरेका हुन् ।


सीतालाई मेरिल्याण्ड राज्यको जोन हप्किन्स अस्पतालमा स्वास्थ्य परीक्षण साथै थप उपचारका लागि जर्जटाउन यूनिभर्सिटी मेडिकल सेन्टरमा पुर्याइएको थियो ।


उनको सम्पूर्ण उपचारको समन्वय भने अमेरीका वासिंटन डिसीस्थित नेपाली राजदुतावासले गरेको थियो । उनी सपरिवार बिहिवार नेपाल फर्किने कार्यक्रम छ ।

Related posts

Leave a Comment