नेपाली काँग्रेसको अवरोध बीच ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित

आज सरकारले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोध बीच संसदको प्रतिनिधि सभाले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गरेको छ ।

कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेकै बेला सभामुख कृष्णबहादुर महराले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सो विधेयक निर्णयार्थ पेश गर्न अनुमति दिएका थिए।

कांग्रेस सांसदहरुले मन्त्री पोखरेललाई रोकावट गर्न खोजे पनि मर्यादापालकको सहयोगमा मन्त्रीलाई रोष्टममा पुर्याएका थिए ।

जब मन्त्री रोष्टममा पुगे तब सो विधेयक प्रस्तुत गरेका थिए । कांग्रेस सांसदले छलफलमा भाग नलिएता पनि सभामुख महराकोे अनुमतिमा सो विधेयक पारित गरिएको थियो ।

यता, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले भने विधेयक निर्णयार्थ पेश गरेपछि झनै ठूलो स्वरमा होहल्ला गर्दै चिकित्सा शिक्षा विधेयक पारित नगर्न आग्रह गरेका थिए। तर, सत्तारुढ दलको बहुमतमा सो विधेयक सभामुख महराले पारित भएको घोषणा गरे।

वरिष्ठ चिकित्सक गोविन्द केसीको सहमति विपरितको प्रावधान विधेयकमा राखिएको भन्दै कांग्रेसले त्यसको विरोध गरिरहेको थियो।

Related posts

Leave a Comment