नेपाल टेलिकम : बिभिन्न डाटाप्याक योजना सार्वजनिक

नेपाल टेलिकमले विभिन्न डाटा प्याकमा छुट सहित नव योजना सार्वजनिक गरेको छ ।डाटाप्याक योजना अन्र्तगतको डे डाटा प्याक नामक योजनामा ३६ एमबि डाटा ६ रुपैयाँमा उपलब्ध गराएको छ। जसमा बिहान ६ बजे देखि बेलुका ६ बजे सम्मका डाटा चलाउन सकिने छ।

डाटा प्याक अन्तर्गत कै विकेन्ड डाटा प्याक अफरमा १०० रुपैयाँमा ३ जिबी डाटा शुक्रबार, सनीबार र आइतबारका लागि दिइएको छ। यसमा एक दिनमा १ जिबी डाटा खर्च गर्न पाइने छ।

त्यस्तै १८ रुपैयाँमा वान हावर अनलिमिटेड प्याक रहेको छ। यसमा १ घन्टा डाटाप्याकमा डे डाटा , भ्वाइस प्याक र एसएमएस सुविधा रहेको छ।

अलटाइम डाटा नामक योजनामा १० रुपैयाँ देखि ५ सय रुपैयाँ सम्मका बिभिन्न योजना रहेका छन्। जुन एक दिन देखि १ महिना सम्मका लागि चलाउन सकिने छ। यसमा ४ एमबि देखि ४५ एमबि सम्म डाटा अफर रहेको छ। यो योजनामा ५० प्रतिशत बोनस समेत दिइएको कम्पनीले जनाएको छ।

नाइट डाटा प्याकमा पनि ५० प्रतिशत डाटाका साथमा ५ रुपैयाँमा ६८ एमबि डाटा दिइएको छ।टेलिकमका अनुसार अनलिमिटेड नाइट डाटाप्याकमा १५ रुपैयाँमा एक रातका लागि अनलिमिटेड डाटा, ८५ रुपैयाँमा ७ दिनका लागि र २४० रुपैयाँमा एक महिनाका लागि अनलिमिटेड डाटा रहेको छ। त्यस्तै अडियो कल गर्नका लागि एक दिनमा बिहान ६ वजे देखि बेलुका ६ बजे सम्म ६ रुपैयाँमा गर्न सकिने छ। 

त्यसैगरि अर्को अफरको योजना एडिसनल राखिएको छ । यसअन्तर्गत एसएमएस प्याक, अनलिमिटेड एपफटिटिएच अफर, एडिएसएल अफर, सियूजी अफर, मिस्डकल अलर्ट, स्टुडेन्ट अफर रहेको छ। 

Related posts

Leave a Comment