बलिउड निर्देशक राजकुमार हिरानीमाथि यौन दुर्व्यवहारको आरोप

बलिउडमा केही समय मि टु निकै नै भाइरल रह्यो । यससँगै अब्बल निर्देशक हिरानी पनि आरोपित बनेका छन् ।

बलिउडका निकै नै चर्चित साथै सफल निर्देशक राजकुमार हिरानीमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ ।

आरोप लगाउने महिलाले हिरानीसँग फिल्म सन्जुमा सँगै काम गरेको बताएकी छिन् । २०१८ को मार्चदेखि सेप्टेम्बरसम्म चलचित्र सन्जुको सुटिंग क्रममा आफूमाथि हिरानीले दुव्र्यवहार गरेको उनले बताएकी छिन् । उनले थपिन्, ९ अप्रिलमा हिरानीको कार्यालयमा पहिलो पटक उनलाई दुर्व्यवहार गरिएको थियो । त्यसका कारण चलचित्र सुटिंग अवधिभर आफूलाई राम्रो नभएको बताएकी छिन् ।

पीडित महिलाले सो फिल्मका सह निर्माता विनोद चोपडालाई मेल गरेर यो विषयमा जानकारी गराएको भारतीय एक मिडियाले बताएको छ ।
सो आरोपलाई निर्देशक हिरानीले अस्विकार गरेका छन् ।

बलिउडमा महिला कलाकारमाथि निर्देशक निर्माताको दुर्व्यवहारले बेला बेला मिडिया तताउने गरेको पाइन्छ । तर सत्यतथ्य भने खुल्दैन या हल्लामा नै हराउँछ ।

Related posts

Leave a Comment