बारामा विनाशकारी हावाहुरीको तथ्य

पोखरामा विकास भएको वायुसंग बङ्गालको खाडीबाट आएको वायु मिसिदा बारामा भिषण हावाहुरी चलेको काठमाडौँ जल तथा मौसम बिज्ञान बिभागले जनाएको छ।

नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।  विभागकाअनुसार दुवै दिशाबाट आएको हावा बारा आसपास क्षेत्रमा भेट हुँदा प्रतिघन्टा ९० किलोमिटरको गति लिएको थियो । प्रि–मनसुनमा मेघ गर्जनसहित हावाहुरी चल्ने गरे पनि बारा–पर्सामा चलेको हुरी अहिलेसम्मकै ठूलो भएको विभागले जनाएको छ ।

 ‘अरेबियन सागरबाट पश्चिमी वायुसँग पोखरामा विकास भएको स्थानीय वायुसँग मिसिएर दक्षिण–पूर्वदिशाबाट चितवन हुँदै पर्सा–बारातिर चिसो हावा गयो । उता, बंगालको खाडीबाट उत्तर–पश्चिम हुँदै बारातिर तातो हावा आयो,’ मौसमविद् मीनकुमार अर्यालले भने, ‘पश्चिमी वायु पोखरामा विकास भएको स्थानीय चिसो वायु र बंगालको खाडीबाट आएको वेग युक्त वायु एक–आपसमा रुमल्लिएर टकराउँदा दुर्घटना भयो ।’ 

Related posts

Leave a Comment