बार्सा र इस्पान्योलको भिडन्त : मेस्सी खेल्ने सम्भावना कम

लालिगामा १० पोइन्ट्सको अग्रता लिएको बार्सिलोनाले आज इस्पान्योललाई हराउदै त्यो अग्रता कायम राख्ने सोचले मैदानमा उत्रिने छ। दोस्रो स्थानमा रहेको एत्लेटीको म्याड्रिडले बार्सिलोना भन्दा केहि समय पछि खेल्ने भएकोले बार्सिलोनाले जित्दै केहि समयको लागि १३ पोइन्ट्सको अन्तर बनाउन सक्ने छ। आजको खेलपछि बार्सिलोना भिल्लारियलको घरेलु मैदानमा खेल्ने छ भने त्यस्पस्चात टाइटल डीसाइडर मानिएको खेल एत्लेटीको म्याड्रिडसंग खेल्ने छ। एक हप्तामा ३ ओटा लिग म्याच खेल्ने भएकोले आजको खेल निकै महत्तोपुर्ण रहेको छ ।

टिम खबर :

बार्सिलोना को लागि ठुलो चिन्ताको बिषय मेस्सी र सुवारेजको फिटनेस रहेको छ । सुवारेज लालिगाको आफ्नो अन्तिम खेल रियल बेतिस संग अन्तिम समयमा घाइते हुन पुगेका थिए भने मेस्सी लाइ अर्जेन्टिना को लागि खेल्दा समस्या आएको थियो जसको कारण उनले अर्जेन्टिनाको दोस्रो खेल छुट्याएका थिए। मेस्सी र सुवारेज दुबैले अभ्यास गरेको ले भने केहि राहत पाए पनि दुवै जना starting ११ मा हुन्छन् भनेर चाँही यसै भन्न सकिन्न । चोटको कारण डेम्बेले, रफिनाभने पहिला नै टिम बाहिर रहेका छन् ।


इस्पान्योलको लागि भने सेर्जी दार्देरले सेभिल्लाका बिरुद्ध रेड कार्ड पाएका कारण खेल मा सस्पेन्ड रहेका छन् । त्यसै गरि पाब्लो पियात्ति अनि सर्जियो गार्सिया पनि चोटका कारण यो खेल गुमाउने छन् ।

Predicted Lineups

Barcelona Ter Stegen; Roberto, Pique, Lenglet, Alba; Rakitic, Busquets, Arthur; Coutinho, Suarez, Messi
Espanyol Diego Lopez; Rosales, Naldo, Hermoso, Vila; Wu, V Sanchez, Roca, Granero, Perez; Iglesias

Related posts

Leave a Comment