शिखर धवनको विस्फोटक ब्याटिङमा दिल्ली विजयी, सन्दीप किन खेलेनन् ?

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको २६ औं खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । 

शिखर धवनको विस्फोटक ब्याटिङमा दिल्लीले कोलकत्ता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको हो । 

शुक्रबार इडेन गार्डेन स्टेडियममा घरेलु टोली कोलकत्ताले दिएको १७९ रनको लक्ष्य दिल्लीले १८ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पुरा गरेको हो । 

दिल्लीको जितका लागि शिखर धवनले ६३ बलमा ११ चौका र २ छक्काको मद्दतले अविजित ९७ रनको योगदान गरे भने रिसभ पन्तले ४६ रन बनाए । कुलिन इन्ग्राम र पृथ्वी शाले समान १४ रन बनाउँदा श्रेयस एयर ६ रनमा आउट भएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाएको थियो । कोलकत्ताका लागि सुबमन गिलले अर्धशतकीय इनिङ्स खेले । उनले ३९ बलमा ७ चौका र २ छक्कासहित ६५ रन बनाए ।

आन्द्रे रसेलले ४५ बनाउँदा रोविन उथप्पाले २८ रन, पियुस चावला १४ रन कोलकत्ताद्वारा दिल्लीलाई १७९ रनको लक्ष्य

दिल्लीका लागि क्रिस मोरिस, कागीसो राबडा र पाउल किमोले समान २-२ विकेट लिए ।   

युवा खेलाडीमा प्रेरित दिल्लीले पछिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । पछिल्ला चारै खेलमा स्थान बनाएका नेपाली युवास्टार सन्दीप शुक्रबार भने प्लेइङ-११ मा परेका थिएनन् ।

सन्दीप किन खेलेनन् ?

फास्ट बलिङ्ग पिच भएका कारण सन्दीपले खेल्न नपाएको अनुमान गर्न सकिन्छ ।

Related posts

Leave a Comment