सन्दीपलाई जिताउने होइन त इमर्जिङ्ग प्लेअर अवार्ड ? यसरी भोट गरौ ?

हाल दिल्ली क्यापिटल्सबाट इन्डियन प्रिमिएर लिग क्रिकेट खेलिरहेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आइपीएलको इमर्जिङ प्लेयर अवार्डको मनोनयनमा परेका छन् । 

इमरर्जिङ प्लेयर अवार्डको मनोनयनमा सन्दीपसँगै मुम्बई इन्डियन्सका राहुल चहर,रोयल च्यालेन्जर्स बेंगलोरका मोहम्मद सिराज, राजस्थान रोयल्सका जोफ्रा आर्चर र श्रेयस गोपाल छन् । 

आइपीएलको २०१९ को सिजनमा दिल्लीबाट ४ खेल खेल्दै ५ विकेट लिएका छन् ।

पाँच खेलाडीको मनोनयन सार्बजनिकसँगै अवार्डको लागि भोटिङ खुल्ला भएको छ । आईपीएलको आधिकारीक वेवसाईटमा गएर भोट गर्न सकिन्छ । गत सिजनको अवार्ड दिल्लीका रिसब पन्तले पाएका थिए ।

सन्दीप गतसिजनबाट आइपीएलमा आबद्ध भएका हुन् । 

सन्दीपलाई भोट गर्नका लागि :
Link: https://www.iplt20.com/polls/emerging-player

Related posts

Leave a Comment