सन्दीपले दिल्लीलाइ दिलाएको सफलता, गेलसहित ३ विकेट !

पछिल्लो केहि खेलमा बेन्चमा बसिरहेका सन्दीपले हिजो दिल्ली क्यापिटल्स भर्सेज किंग्स ११ पन्जाब संगको खेलमा ३ विकेट लिदै राम्रो प्रदर्शन गरेका थिए ।

सन्दीपले आफ्नो सुरुवाती ओभर देखि नै भारि रन बेहोरिरहेका थिए । जसका कारण सन्दीपका समर्थक निरास बनिरहेका बेला उनले युनिभर्स बोस क्रिस गेलको महत्तोपुर्ण विकेट लिए । क्रिस गेलको महत्वोपूर्ण विकेट लिएर पन्जाब को खेलमा टर्न ल्याईदिएका सन्दीप सो खेल मा इस्टैलिश प्लेयर अवार्ड पाउन पुगे।

आफ्नो पछिल्लो खेलमा मुम्बई इण्डियन्ससंगको लज्जास्पद हारसंगै दिल्ली क्यापिटल्सको टोली आज अस्विनको टोली किंग्स ११ पञ्जाब विरुद्ध खेल्न ओर्लिएको थियो । यस अघि किंग्स ११ पञ्जाबसंगको खेल १४ रनले हार बेहोरेको दिल्लि क्यापिटल्स आज टस जितेर बलिङ गर्न ओर्लिंएसंगै ३ खेलमा बेञ्चमा बसेका विश्व क्रिकेटमा आफ्नो खेलले नाम बनाईरहेका गुगली ब्वाई सन्दिप लामिछाने ओपनिङ बलिङ गर्न ओर्लिए ।

सामुन्ने थिए केएल राहुल तथा स्टार ब्याट्समान क्रिस गेल । जुन उद्देश्यले दिल्लिले सन्दिपसंगलाई नयाँ बल दिएर ओपनिङ बलिङका लागि पठाएको थियो त्यो उद्देश्य पहिलो ओभरको चौथो बलमैं केएल राहुललाई विकेटकिपर ऋषभ पन्त मार्फत् स्टम्प आउट गराउन सफल भए । राम्रो लयमा रहेका गेल पञ्जाबको १२ औं ओभरमा ३१ बलमा ६३ रन बनाएर खेलीरहेका थिए भने उनको टिम किंग्स ११ पञ्जाब ४ विकेट गुमाएर १०६ रन जोडिसकेको थियो । अब गेलको अगाडी आफ्नो तेश्रो ओभरका साथ बलिङका लागि तयार थिए सन्दिप लामिछाने । पहिलो बलमैं गेलले सन्दिपको बललाई दर्शकदीर्घातर्फको बाटो देखाउँदै छक्का लगाए । तर गेलको ब्याटले तेश्रो बल हेर्न पाएन लगत्तै दोश्रो बलमा उनी सन्दिपको गुगलीमा फस्न पुगे र बाउण्ड्रिमा इंग्रामले क्याच जीवित राख्दै अक्षर पटेलमार्फत क्याच आउट गराउन सफल भए ।

पञ्जाबको ब्याटिङ धरासायी बनाउने क्रममा सन्दिप लामिछानेको तेश्रो सिकार बने २० वर्षिय बेलायती खेलाडी साम चुरन । सन्दिपले उनलाई एउटा आकर्षक बलमार्फत् आफै क्याच आउट गर्न सफल भए ।

Related posts

Leave a Comment