साढे २ करोड धरौटीमा छुटे भ्रष्टाचारी आरोप खेपेका निगमका खड्का

भ्रष्टाचार मुद्धा खेपेका नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का २ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।

विशेष अदालतको आदेश अनुसार धरौटीका लागि नेपाल इन्भेस्टमेन्ट बैंक ग्यारेन्टी बसेपछि उनी मंगलबार तारेखमा छुटेका हुन् ।

गोपाल खड्काको आम्दानी १८ करोड ६६ लाख रुपैयाँ स्रोत नखुलेको भन्दै अख्तियारले उनीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको थियो । विशेष अदालका अध्यक्ष बाबुराम रेग्मी, सदस्य प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले खड्कासँग साढे २ करोड रुपैयाँ धरौटी माग्ने आदेश दिएको थियो ।

१८ करोडको स्रोत नखुल्दा २ करोडले टालटुल हुने भ्रष्टाचारी मुद्धा । गज्जब छ देशको कानुन ।

Related posts

Leave a Comment