सुविधाभोगी सरकार: प्रधानमन्त्रीका लागि बालुवाटारमा भव्य महल बन्दै

सरकारी ओहदाका उच्चपदस्थ व्यक्तित्वहरुले सरकारी सेवासुविधा भरपुर रुपमा लिइरहेको कुरा विगत साक्षी छ । यसै गरी त्यो क्रमलाई जारी राख्दै सरकारले प्रधानमन्त्रीको निवासको लागि सरकारले बालुवाटार परिसमा भव्य महल बनाउने भएको छ ।

कारोबार दैनिकका अनुसार अहिलेको संरचना अपुग भएको निष्कर्षसहित अत्याधुनिक सुविधासम्पन्न निवास बनाउन मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको उल्लेख गरेको छ ।

करोडौँ रुपैयाँ खर्च गरेर नयाँ भवन गर्ने निर्णय भएको छ । उच्चपदस्थ पदाधिकारी देखि राष्ट्रपति, उपराष्ट्रपति, मन्त्री साथै अन्य राष्ट्रसेवक कर्मचारीहरु सुविधाभोगी बनेको आरोप लागेको बेला यो परम्परालाई थप बल पुग्ने गरी प्रधानमन्त्रीका लागि सुविधायोगी नव भवन निर्माण गर्न लागिएको हो ।

Related posts

Leave a Comment