जिल्ला प्रहरी कार्यालय गोरखाको नाममा रहेको फेसबुक पेजमा अश्लील तस्बिरहरु पोष्ट भएको पाइएको छ । पोष्टमात्र होइन प्रोफाइल पिक्चर साथै कभर फोटो समेत अश्लील तस्बिरले पोष्ट गरिएको भेटिएको हो । गोरखा जिल्ला प्रहरी कार्यालयको नाममा रहेको सो फेसबुक पेजमा भएको अश्लील तस्बिरले तनाब हुन थालेको प्रमुख एसपी भोला रावलले बताए । सो फेसबुक पेज अन्य कोही व्यक्तिले चलाएको हुनसक्ने रावलले जानकारी दिए । उनका अनुसार उनीलाई विभिन्न स्थानबाट फोन आइरहेको छ । सो तस्बीरहरु हटाउन र पोष्ट गर्ने व्यक्ति पत्ता लगाउन आफूहरु निरन्तर प्रयास गरिरहेको उनले बताए । पेज कसले…
Read MoreDay: March 26, 2019
दाहालपत्नीको उपचार सकियो
नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एक साताअघि पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका थिए । उनकी श्रीमतीको अमेरिकामा उपचार प्रकिया सकिएको छ । दाहालपत्नी सीता वंशाणुगत पार्किन्सन रोगबाट ग्रसित रहेको कुरा उनको स्वास्थ्य परीक्षणपछि त्यहाँका चिकित्सकहरुले निक्र्यौल गरेका हुन् । सीतालाई मेरिल्याण्ड राज्यको जोन हप्किन्स अस्पतालमा स्वास्थ्य परीक्षण साथै थप उपचारका लागि जर्जटाउन यूनिभर्सिटी मेडिकल सेन्टरमा पुर्याइएको थियो । उनको सम्पूर्ण उपचारको समन्वय भने अमेरीका वासिंटन डिसीस्थित नेपाली राजदुतावासले गरेको थियो । उनी सपरिवार बिहिवार नेपाल फर्किने कार्यक्रम छ ।
Read Moreयूरो क्वालिफायर्स खेलमा रोनाल्डो घाइते
हिजो राति भएको खेलमा घाइते हुँदा आउँदो च्याम्पियन्स लिगको खेलको लागि क्रिस्टियानो रोनाल्डोको खेल सम्भावनामा धक्का परेको छ । सर्बियासँग को खेलका लागि प्लेयिंग एघारमा परेको रोनाल्डो खेलको ३१ औँ मिनेटमा घाइते हुन पुगेका हुन् । रोनाल्डोले भने खेल पछि आफ्नो इन्जरीको बारेमा केही डर नभएको बताएका छन् । रोनाल्डोका अनुसार चोटको विषयले लिएर कुनै पनि चिन्ता लिन आवश्यक नरहेको बताएका छन् । रोनाल्डोले भने, “मलाई केही चिन्ता छैन किनकि मैले आफ्नो शरीरलाई राम्ररी चिनेको छु । यो एउटा खेल हो र यो खेलमा भइरहने कुरा हो । खेल खेल्ने…
Read Moreचालकबिना गुड्ने बस
हरकुनै सवारीसाधन चलाउन एकजना मान्छे चाहिन्छ । हामीले ड्राइभरले गाडी चलाएको देखेकैछौँ । अब प्रविधि यस्तो आउँदैछ ड्राइभरबिना नै चल्ने बस (अटोनोमस बस) ले बजार तताउन सक्दछ । यो अटोनोमस बस जस्तोसुकै मौसमका बेलामा पनि चलाउन सकिन्छ । यस अटोनोमस बसलाई गाचा नाम दिइएको छ । यो बस फिनल्याण्डमा पछिल्लो साता सार्वजनिक गरिएको थियो । यस बसको डिजाइन जापानी कम्पनी म्युजीले गरेको हो भने यसको सम्पूर्ण प्रविधि फिनल्याण्डको अटोनोमस ड्राइभिंग कम्पनी सेन्सिबल फोरको हो । जस्तोसुकै मौसम अनुकूल चल्न सक्ने यो पहिलो अटोनोमस बस हो । साथै यस बसलाई जस्तोसुकै…
Read Moreआज १२ चैत्र २०७५ को राशिफल ! हेर्नुहाेस् आफ्नाे भाग्य ।
मेष सहपाठीहरू पछि पर्नेछन्। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। वृष मिठो भोजनको अवसर प्राप्त हुनेछ । आयआर्जन बढ्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । मिथुन अध्ययनमा प्रगति हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । मित्रसम्बन्ध प्रगाढ हुने देखिन्छ । कर्कट परिवेश सामान्य रहे पनि मनको डरले भने सताउनेछ। ठूला व्यक्तिहरूसँग मतभेद रहनेछ। तापनि बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन्। सिंह प्रेममा खल्लोपना आउनेछ । काममा चुनौती व्यहोर्नुपर्ला । जटिल कामले लोभ्याउनेछ तर…
Read More