काठमाडौँमा अँध्यारो, चट्यांग, बर्षात अनुकुल मिलाएरमात्र बाहिर निस्किनु

काठमाण्डौसहित देशभरिकै मौसम अहिले बदली भई केही ठाउँमा पानी परिरहेको छ ।  पश्चिमी वायु, पूर्वमा बनेको न्यूनचापीय क्षेत्र, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण देशभरिकै मौसम बदली भई केही ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यो प्रणाली अहिले काठमाण्डौसहित मध्य क्षेत्रमा धेरै देखिएको छ । यसकै प्रभावले उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने भएकाले सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभएको छ ।  रातिपनि देशका विभिन्न भागमा वर्षा हुनुका साथै तराई क्षेत्रमा सामान्य हावाहुरीको सम्भावना रहेको…

Read More