सन् १९५८ अक्टोबर महिनामा भिडियो गेमको सुरुवात भएको थियो । त्यो पहिलो भिडियो गेमको नाम भने पन्जी थियो । अहिले निकै नै चर्चा बटुलेको भिडियो गेम हो पब्जी । पब्जी को पूरा रुप Player Unknown’s Battle Grounds हो । यो गेम विश्वमा हरेक दिन करिब २ करोड भन्दा बढी व्यक्तिले खेल्ने गर्दछन् । यस खेल खेल्नको लागि मोबाइलमा करिब २ जिबी र्याम चाहिन्छ भने अनिवार्य इन्टरनेट चाहिन्छ । पब्जीलाई दक्षिण कोरियाको कम्पनीको सहायक कम्पनी पब्जी कर्पोरेशनले बनाएको हो । पब्जी गेमका लिड डिजाइनर र डाइरेक्टर ब्रेन्डन ग्रिन हुन् । उनी…
Read MoreCategory: मनोरन्जन
तीन दिनमै १ अर्बको कमाई
१७ वर्षपश्चात् अनिल कपुर र माधुरी दीक्षितको जोडी चलचित्र टोटल धमालपछि चर्चामा आएको छ । धमाल बलिउडको एक ब्राण्ड चलचित्र मानिन्छ । यसअघिका धमाल र डबल धमालले निकै राम्रो चर्चा कमाएका थिए । खराब रिभ्यूजका बाबजुत पनि टोटल धमालले तीन दिनमै करिब १ अर्ब रुपैँया कमाएको छ । यस चलचित्रमा अनिल कपुर, अजय देवगन, अरशद वारसी, संजय मिश्रा, रितेश देशमुख, माधुरी दीक्षित, जावेद जाफेरी, जोनी लिवर जस्ता ख्यातिप्राप्त कलाकारहरुको अभिनय रहेको छ । हाँस्य, एक्सन र एडभेन्चर मा आधारित रहेको चलचित्र टोटल धमाल इन्द्र कुमारले निर्देशन गरेका हुन् । उनले…
Read Moreजब हिउँले छोप्यो रमणीय बने विभिन्न स्थानहरु । हेर्नुहोस् तस्बीरसहित !
हिमाली क्षेत्र र उच्च पहाडहरुमा दुई दिनदेखि हिउँ परेको छ। उच्च हिमाली क्षेत्रमा हिउँले जनजीवन पूर्ण प्रभावित बनाएको छ भने उच्च पहाडी क्षेत्रमा समेत यसको प्रभाव परेको छ। हिमपातले जनजीवन प्रभावित बनाइरहँदा कतै भने त्यसले मनोरञ्जन प्रदान गरिरहेको छ। दुई दिन परेको वर्षाले देशका विभिन्न स्थानमा हिउँ परी रमाइलो माहोल सिर्जना गरेको छ । त्यसै अनुरुप हिमाली क्षेत्रमा दुई दिनदेखि हिउँ परेको हो । काठमाडौँ उपत्यका नजिक कालिन्चोक, चन्द्रागिरी, फुल्चोकी साथै दामनमा पनि हिउँ परेको छ भने घुम्न जाने आन्तरिक पर्यटकहरुको भिड लागेको छ । हेर्नुहोस् तस्बीरहरु: जोमसोम बागलुंग थामा…
Read Moreबलिउड निर्देशक राजकुमार हिरानीमाथि यौन दुर्व्यवहारको आरोप
बलिउडमा केही समय मि टु निकै नै भाइरल रह्यो । यससँगै अब्बल निर्देशक हिरानी पनि आरोपित बनेका छन् । बलिउडका निकै नै चर्चित साथै सफल निर्देशक राजकुमार हिरानीमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । आरोप लगाउने महिलाले हिरानीसँग फिल्म सन्जुमा सँगै काम गरेको बताएकी छिन् । २०१८ को मार्चदेखि सेप्टेम्बरसम्म चलचित्र सन्जुको सुटिंग क्रममा आफूमाथि हिरानीले दुव्र्यवहार गरेको उनले बताएकी छिन् । उनले थपिन्, ९ अप्रिलमा हिरानीको कार्यालयमा पहिलो पटक उनलाई दुर्व्यवहार गरिएको थियो । त्यसका कारण चलचित्र सुटिंग अवधिभर आफूलाई राम्रो नभएको बताएकी छिन् । पीडित महिलाले सो फिल्मका…
Read Moreनेपाली फिल्ममा बर्मेली नायिका
नवअभिनेत्री सोनिया राई फिल्म “सय कडा दश” देखि डेब्यू गर्दै छिन् । उनी नेपालको पूर्वी भेगकी राई लाग्न सक्छ तपाईलाई तर उनी बर्माको एक सुन्दर सहर म्याउँम्याउँको याक्यजिसक्कोमा गोर्खाली सेनाको परिवारमा जन्मेकी हुन् । सय कडा दश फिल्म यही माघ १८ गते देखि प्रदर्शनमा आउँदैछ । सोनिया नेपाली फिल्म जगतमा पाइला टेक्न पाउँदा खुशी भएको सुनाउँछिन् । अझ ट्रेलर र गीतको प्रतिक्रियाले धेरै उर्जा मिलेको उनी बताउँछिन् । धेरैजनाले फिल्म कहिले आउँछ भनेर सोधिरहने हुनाले थप खुशी रहेको उनको भनाई छ । नेपाली फिल्ममा अभिनय गर्न पाउनु गर्वको कुरा भएको…
Read Moreहिउँले ढाकियो कालिन्चोक, दामन, चन्द्रागिरी ! घुम्न जाने होइन ?
जाडो अध्याधिक बढेसँगै विभिन्न पर्यटकीय स्थलहरुमा हिउँले ढकमक्क भरिएको छ । हामीले सुन्दै आएका यी तीन ठाउँहरु जहाँ मानिसहरु हिउँ खेल्न जान अति नै मन पराउँदछन् । हिउँले भरिएको ठाउँमा साथीभाइ अथवा परिवारसँग हिउँ छ्यापाछ्याप गरी रमाइलो गर्नका लागि अधिकांश मानिसहरु कालिन्चोक, दामन पुग्ने गर्दछन् । यति मात्र होइन चन्द्रागिरी मा पनि हिउँ भरिदा झन् दृश्य मनमोहक देखिएको छ । केबलकारमा चढ्दै हिउँ भरिएको दृश्य हेर्दै अनि वरपर हिउँ भरिएको ठाउँमा पुगी रमाइलो गर्न मानिसहरु पुग्ने गर्छन् । यो जाडो मौसममा नेपालमा धेरै यस्ता स्थानहरु छन जहाँ सहजै हिउ सग…
Read Moreपब्जी र रेसिडेन्ट एभिल टुको कम्बोे !
अब बजारमा नयाँ भर्सन सहितको पब्जी र रेसिडेन्ट एभिल टुको कम्बो हुने भएको छ । संसारभर लोकप्रिय भैरहेको मोबाइल गेम पब्जीले क्लासिक हरर गेम ‘रेसिडेन्ट एभिल टु’ सँग साझेदारी गर्ने भएको छ । दुबईमा सम्पन्न पब्जी मोबाइल ग्लोबल फाइनल्स इभेन्टका क्रममा उक्त जानकारी सार्वजनिक गरिएको हो । अब पब्जी मोबाइल गेममा प्रयोगकर्ताहरूले रेसिडेन्ट एभिल टु गेमको जस्तै हरर स्किन देख्न पाउनेछन् । यससम्बन्धी एक टिजर भिडियोसमेत सार्वजनिक गरिएको छ । दुवै गेम आ–आफ्नो क्षेत्रमा लोकप्रिय छन् । यो साझेदारीबाट दुवै गेमका प्रयोगकर्ता लाभान्वित हुने बताइएको छ । पब्जी प्रेमीका लागि…
Read More२०१८ बलिउड स्टारहरुको विवाह वर्ष ! क-कसले गरे २०१८ मा विहे ?
मुम्बई : २०१८ बलिउड स्टारहरुका लागि विवाहको वर्ष रह्यो । थुप्रै बलिउड अभिनेता अभिनेत्री देखि गायक, निर्देशक कमेडियन आदिको वैवाहिक सम्बन्धले बाँधिदियो वर्ष २०१८ ले । निकै नै चर्चा बटुलेको विवाह भनेको प्रियंका, सोनम, दीपिकाजस्ता अभिनेत्रीहरुको बन्यो । हेर्नुहोस् वर्ष २०१८ मा बिहे गरेका स्टारहरु : -साउथका स्टार श्रीया सरनले आफ्नो रसियन व्वाइफ्रेन्डसँग उदयपुरमा विवाह गरिन् । -मिलिन्द सोमणले अंकिता कोबरसँग अलिबागमा विवाह गरे । (२२ अप्रिल) -अभिनेत्री पूजा वेलिंग ले वेतन नाईसँग मुम्बईमा विवाह गरिन् । (२५ अप्रिल) -अमिरा र शिव पण्डितले दिल्लीमा विवाह सम्पन्न गरे । (मे ७)…
Read Moreकादर खान भेन्टिलेटरमा, दिमागले काम गर्न छोड्यो ! दुखद् खबर !
बलिउडका चर्चित अभिनेता साथै हाँस्यकलाकार ८१ वर्षीया कादर खान अति नै नाजुक अवस्थामा लामो समयदेखि अस्पतालमा भर्ना छन् । खानलाई हाल भेन्टिलेटरमा राखिएको छ । साथै दिमागबाट संचालित हुने कार्यमा समेत प्रभाव परेको छ । उनलाई दिमागसम्बन्धी प्रोग्रेसिव सुप्रान्यूक्लियर पाल्सी डिसअर्डर भएको छ । कादर खानको स्थिति कुराकानी गर्न बन्द गरेका कादर कहिले होसमा आउँछन् र यताउति हेर्छन् । निकै नै नाजुक स्थिति मा गुज्रिरहेका कादरमा निमोनियाको लक्षणसमेत देखा परेको छ । उनका छोराका अनुसार उनको घँुडाको शल्यक्रिया समेत गरिएको थियो । कहाँ छन् त कादर खान ? आफ्नो छोरा…
Read Moreनेपाल आइडल सिजन २ को विजेता रवि ओड, सुदूरपश्चिमको ठिटो ! विपन्न परिवार तर कलाका धनी !
यस वर्ष अर्थात् नेपाल आइडल सिजन २ को विजेता रवि ओड भएका छन् । विश्वमा सर्वाधिक हेरिएको दोस्रो रियालिटी शो नेपाल आइडलले आफ्नो दोस्रो संस्करणको विजेता पाइसकेको छ । फाइनलमा पुगेमा ४ प्रतिस्पर्धी विक्रम बराल, अस्मिता अधिकारी, रवि ओड र सुमित पाठक पुगेका हुन् । अस्मिता अधिकारी नेपाल आइडल सिजन २ को चौँथो स्थानमा पर्न सफल भएकी छिन् । यसै गरी तेस्रो स्थान हाँसिल गर्न सफल भएका छन् सुमित पाठक । साथ साथै दोस्रो स्थान हाँसिल गर्न सफल गर्न भएका छन् विक्रम बराल । निकै आश गरिएअनुरुप उत्कृष्ट गायनशैली र…
Read More