दाहालपत्नीको उपचार सकियो

नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एक साताअघि पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका थिए । उनकी श्रीमतीको अमेरिकामा उपचार प्रकिया सकिएको छ । दाहालपत्नी सीता वंशाणुगत पार्किन्सन रोगबाट ग्रसित रहेको कुरा उनको स्वास्थ्य परीक्षणपछि त्यहाँका चिकित्सकहरुले निक्र्यौल गरेका हुन् । सीतालाई मेरिल्याण्ड राज्यको जोन हप्किन्स अस्पतालमा स्वास्थ्य परीक्षण साथै थप उपचारका लागि जर्जटाउन यूनिभर्सिटी मेडिकल सेन्टरमा पुर्याइएको थियो । उनको सम्पूर्ण उपचारको समन्वय भने अमेरीका वासिंटन डिसीस्थित नेपाली राजदुतावासले गरेको थियो । उनी सपरिवार बिहिवार नेपाल फर्किने कार्यक्रम छ ।

Read More

ओलीजीले झापामा गरेको राजनीतिक आन्दोलन हुने तर टीकापुरको चाहिँ घटना हुने कसरी ?

राजपा (राष्ट्रिय जनता पार्टी नेपाल) का अध्यक्ष राजेन्द्र महतोले ओलीजीले गरेको झापाको आन्दोलन चाहिँ राजनीतिक आन्दोलन हुने तर टीकापुर चाहिँ घटना कसरी हुने भन्दै टीकापुर घटना नभई राजनीतिक आन्दोलन भएको जिकिर गरेको छन् । बाबुराम नेतृत्वको नयाँ शक्ति पार्टीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले यस्तो खालको तर्क गरेका हुन् । उनले सो अन्तरक्रिया कार्यक्रममा सरकारलाई सीके राउतको प्रवक्ता बनेको आरोप समेत लगाएका थिए । उनले यस्तो तर्क गरे, “अहिलेको सरकार सीके राउतको प्रवक्ता भएको छ,” विप्लव समूहलाई सरकारले लगाएको प्रतिबन्धबारे महतोले भने, “प्रतिबन्धले समस्या समाधान…

Read More

साढे २ करोड धरौटीमा छुटे भ्रष्टाचारी आरोप खेपेका निगमका खड्का

भ्रष्टाचार मुद्धा खेपेका नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का २ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । विशेष अदालतको आदेश अनुसार धरौटीका लागि नेपाल इन्भेस्टमेन्ट बैंक ग्यारेन्टी बसेपछि उनी मंगलबार तारेखमा छुटेका हुन् । गोपाल खड्काको आम्दानी १८ करोड ६६ लाख रुपैयाँ स्रोत नखुलेको भन्दै अख्तियारले उनीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको थियो । विशेष अदालका अध्यक्ष बाबुराम रेग्मी, सदस्य प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले खड्कासँग साढे २ करोड रुपैयाँ धरौटी माग्ने आदेश दिएको थियो । १८ करोडको स्रोत नखुल्दा २ करोडले टालटुल हुने भ्रष्टाचारी…

Read More

सुविधाभोगी सरकार: प्रधानमन्त्रीका लागि बालुवाटारमा भव्य महल बन्दै

सरकारी ओहदाका उच्चपदस्थ व्यक्तित्वहरुले सरकारी सेवासुविधा भरपुर रुपमा लिइरहेको कुरा विगत साक्षी छ । यसै गरी त्यो क्रमलाई जारी राख्दै सरकारले प्रधानमन्त्रीको निवासको लागि सरकारले बालुवाटार परिसमा भव्य महल बनाउने भएको छ । कारोबार दैनिकका अनुसार अहिलेको संरचना अपुग भएको निष्कर्षसहित अत्याधुनिक सुविधासम्पन्न निवास बनाउन मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको उल्लेख गरेको छ । करोडौँ रुपैयाँ खर्च गरेर नयाँ भवन गर्ने निर्णय भएको छ । उच्चपदस्थ पदाधिकारी देखि राष्ट्रपति, उपराष्ट्रपति, मन्त्री साथै अन्य राष्ट्रसेवक कर्मचारीहरु सुविधाभोगी बनेको आरोप लागेको बेला यो परम्परालाई थप बल पुग्ने गरी प्रधानमन्त्रीका लागि सुविधायोगी नव भवन निर्माण…

Read More

आफू सरकारमा, देश लथालिंग ! भेनेजुएलाप्रति चासो, अमेरिकाको विरोध

अहिले भेनेजुएलामा आर्थिक तथा सामाजिक संकट भइरहेको छ । र यसैक्रममा भेनेजुएलाका विपक्षी नेतालाई अन्तरिम राष्ट्रपतिको मान्यता दिने अमेरिकी कदमले गर्दा यसको विरोध निस्केको छ । विरोधको क्रममा अमेरिकी कदमको अर्को विश्व शक्ति ररुसले विरोध गरेको छ । विरोधको स्वरमा नेपालले पनि स्वर मिलाएको छ । नेपालको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनवरी २५ मा वक्तव्य निकाल्दै “भेनेजुएलाको सार्वभौमिकता र प्रजातान्त्रिक पद्धतिबाट निर्वाचित राष्ट्रपति मदुरो”को जोडदार समर्थन गरे। तर प्रचण्डले भेनेजुएलामा “सत्ता हत्याउन”को लागि हुन सक्ने “साम्राज्यवादी हस्तक्षेप अस्वीकार्य हुने” टिप्पणी गरे। सो बेला नेकपाका…

Read More

नेपाली काँग्रेसले विरोध प्रदर्शन गर्ने

सरकार र सदनका कामकार्बाहीलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध प्रदर्शन गर्ने भएको छ । आइतबार बसेको कांगे्रसको कार्यसमितिको बैठकले प्रतिनिधि सभामा संसदीय प्रणाली विपरीत बलपूर्वक विधेयक पारित गरेको आरोपमा विरोध गर्ने निर्णय गरेको हो । विरोध प्रदर्शन संसदमा भएको घटना, डा गोविन्द केसीको अनशनप्रति व्यवहार, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका स्वास्थ्य केन्द्र हटाउने काम भएको भन्दै प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति बिना संवैधानिक परिषद्को बैठक बसी निर्णय गरेको विषयमा केन्द्रित रहने बताइएको छ । साथै यति मात्र नभएर देशभर बढेको हिंसा र बलात्कार जस्ता…

Read More

नेपाली काँग्रेसको अवरोध बीच ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित

आज सरकारले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोध बीच संसदको प्रतिनिधि सभाले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गरेको छ । कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेकै बेला सभामुख कृष्णबहादुर महराले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सो विधेयक निर्णयार्थ पेश गर्न अनुमति दिएका थिए। कांग्रेस सांसदहरुले मन्त्री पोखरेललाई रोकावट गर्न खोजे पनि मर्यादापालकको सहयोगमा मन्त्रीलाई रोष्टममा पुर्याएका थिए । जब मन्त्री रोष्टममा पुगे तब सो विधेयक प्रस्तुत गरेका थिए । कांग्रेस सांसदले छलफलमा भाग नलिएता पनि सभामुख महराकोे अनुमतिमा सो विधेयक पारित गरिएको थियो । यता, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले…

Read More

राष्ट्रियसभा बैठक कांग्रेसद्वारा अवरुद्ध

आज बसेको राष्ट्रिय सभा वैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध पारेको छ । कांग्रेसका पूर्वसभापतिद्वय गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पतालहरु सरकारले खारेज गर्न लागेको भन्दै कांग्रेस सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् । सभाध्यक्ष गणेश तिमिल्सनाले आसन गर्न आग्रह गरेता पनि कांग्रेसका सांसदले मानेनन् । सो कारण बैठक आधा घण्टाका लागि स्थगित गरिएको सभाका सचिव राजेन्द्र फुँयालले बताएका छन् ।

Read More

कांग्रेसका भुषाल नेकपा प्रवेश ! परिवारको घर फर्कन आग्रह !

भर्खरै केही दिनअघि नेकपामा प्रवेश गरेका कांग्रेसका नेता तीर्थराज भुसाल को अहिले घरमा किचलो बढेको छ । नेकपाका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले उनलाई फूलमाला लगाएर पार्टीमा स्वागत गरेका थिए । तीर्थराजकी पत्नी शर्मा देवी र अन्य परिवारका सदस्यले विज्ञप्ति नै जारी गरी नेकपा प्रवेशप्रति विरोध जनाएका छन् । बिना सरसल्लाह नै उनी पार्टी प्रवेश गरेका् र पुन कांग्रेसमा फर्किन आग्रह गरेका छन् । ‘पारिवारिक सरसल्लाहबिना लहडका भरमा नेकपा प्रवेश गर्नु आफैंमा राजनीतिक कृतघ्नता र बेइमानी हो, जीवनभर निष्ठा र इमानको राजनीतिमा अडिएका हामी परिवारजनमाथि विश्वासघात हो,’ विज्ञप्तिमा भनिएको…

Read More

कर्मचारी कुट्ने मन्त्रीलाई एक वर्ष जेल सजाय

प्रदेश नम्बर २ मा मन्त्रीले सचिवलाई कुटेको समाचारले सो प्रदेशको राजनीतिक माहोल तातिएको छ । सार्वजनिक भिडियोमा पत्रकारसँग सचिव विद्यानाथ झाले सो प्रदेशका अर्थ एवम् योजनामन्त्री विजयकुमार यादवले आफूलाई कार्यकक्षमा बोलाएर थप्पड हानेको आरोप लगाएका छन् । आफूमाथि थप्पड हानिएको बताएका सचिव झा सोमबार भने अस्पतालमै भर्ना हुन पुगेका छन् । कानूनभन्दा माथि कोही पनि हुँदैन । चाहे मन्त्री वा राष्ट्रपति वा जनता जो नै भएपनि कानून सबैलाई उत्तिकै लागू हुन्छ । प्रदेश २ मा भएको सो घटनाले सोमबार जनकपुरका निजामति कर्मचारीले कुट्ने मन्त्रीको विरोधमा कालोपट्टी बाँधेर प्रदर्शनसमेत गरेका छन्…

Read More