दक्षिण कोरियाले सफलतापुर्वक ल्यायो फ़ाईभ–जी दूरसञ्चार सेवा: १ सेकेन्ड १ फिल्म डाउनलोड

यसअघि चीनलाई फ़ाईभ-जी सेवा आउनु अगाडिनै सिक्स-जीको हतार भएको समाचारले अचम्मनै तुल्याएको थियो । तर दक्षिण कोरियाले बिश्वोमा नै पूर्ण रुपमा विकशित फ़ाईभ-जी को मोबाइल नेटवर्क बिकाश गरेको बताएको छ । यस प्रविधिले मोबाइल बाट डाटा ट्रान्सफर गर्नमा उच्चस्तरिय भूमिका निर्वाह गर्नेछ । फाइभ-जी दुरसंचार सेवाले अनलाइन दुनियामा मानिसको दैनिक जीवनमा निकै सघाउ पुर्याउनेछ । पुस्ताको ताररहीत यस प्रविधिले मोबाइलमा कुराकानी मात्र होइन पाउरोटी सेकाउने टोस्टर मेसिनदेखि टेलिफोन, विद्युतीय कारदेखि विद्युत प्रसारण लाइनसम्मको व्यवस्थापनमा सघाउनेछ । यस प्रविधि चौथो पुस्ता फोर-जी भन्दा निकै तिब्र वेग अर्थात् २० गुना धेरै वेगको…

Read More

चालकबिना गुड्ने बस

हरकुनै सवारीसाधन चलाउन एकजना मान्छे चाहिन्छ । हामीले ड्राइभरले गाडी चलाएको देखेकैछौँ । अब प्रविधि यस्तो आउँदैछ ड्राइभरबिना नै चल्ने बस (अटोनोमस बस) ले बजार तताउन सक्दछ । यो अटोनोमस बस जस्तोसुकै मौसमका बेलामा पनि चलाउन सकिन्छ । यस अटोनोमस बसलाई गाचा नाम दिइएको छ । यो बस फिनल्याण्डमा पछिल्लो साता सार्वजनिक गरिएको थियो । यस बसको डिजाइन जापानी कम्पनी म्युजीले गरेको हो भने यसको सम्पूर्ण प्रविधि फिनल्याण्डको अटोनोमस ड्राइभिंग कम्पनी सेन्सिबल फोरको हो । जस्तोसुकै मौसम अनुकूल चल्न सक्ने यो पहिलो अटोनोमस बस हो । साथै यस बसलाई जस्तोसुकै…

Read More

चौधरी ग्रुपले “सीजी लाइफसेल” दुरसंचार सेवा प्रदान गर्ने ! नेपालका लागि निकै नौलो !

नेपालमा विभिन्न दुरसंचार प्रधायक कम्पनी छन् । अब त्यसमा थप्दै चौधरी गु्रपले सीजी लाइफसेल संचालन गर्ने भएको छ । टर्कसेल भन्ने टर्केली मोबाइल फोन कम्पनीसँग मिलेर चौधरी गु्रपले नेपालमा दुरसंचार सेवा प्रदान गर्ने भएको हो । हालै बार्सिलोनामा संचालन भइरहेको मोबाइल विश्व सम्मेलन २०१९ का क्रममा टर्केली मोबाइल फोन कम्पनी टर्कसेलसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको चौधरी गु्रपका प्रमुख विनोद चौधरीले जानकारी दिएका छन् । यो सेवा नेपालका लागि निकै नौलो मानिएको छ । यो इन्टरनेटमा आधारित दुरसंचार सेवा प्रदान गर्ने प्रविधि हो । बदलिँदो डिजिटल विश्वमा यसको विशेष महत्व रहने चौधरी…

Read More

ह्याक गरेर बिक्रीमा राखे ६१ करोड अनलाइन साइट, हेर्नुहोस् ह्याक भएका १६ साइटहरु मूल्यसुचीसहित

एक ह्याकरले विभिन्न १६ वटा वेबसाइटहरुका ६ सय १७ अनलाइन अकाउन्टहरुका विवरणहरुलाई ह्याकरले लिलामीमा राखेका छन् । युकेको द रजिस्टर डटको रिपोर्ट अनुसार टी अकाउन्टका डाटाहरु टर नेटवर्कमा ड्रिम मार्केटबाट खरीद गर्न सकिनेछ । ती बिक्रीमा राखिएका अकाउन्ट डाटाहरुमा प्रयोगकर्ताको व्यक्तिगत विवरण, स्थान, पासवर्ड, इमेल ठेगाना, सोसल मिडिया अथेन्टिकेसन सम्बन्धी जानकारीलगायत रहेका छन् । लिलामीमा राखिएका १६ वेबसाइटका सूचीहरु यी हुन् : · Dubsmash (www.dubsmash.com) : १६ करोड २० लाख · MyFitnessPal (www.myfitnesspal.com) : १५ करोड १० लाख · MyHeritage (www.myheritage.com) : ९ करोड २० लाख · ShareThis (www.sharethis.com) :…

Read More

सामसुङ ग्यालेक्सी एम १० नेपाली बजारमा, काठमाडौँ भित्र फ्रि डेलिभरी

सामसुङ कम्पनीले आफ्नो नयाँ मोडलको फोन सामसुङ ग्यालेक्सी एम १० नेपाली बजारमा विक्री सुरु गरेको छ । मंगलबारबाट कम्पनीले सस्तो मूल्यमा एडभान्स फिचरसहितको नयाँ मोडल नेपाली बजारमा विक्री सुरुवात गरेको हो । दिउँसो १ बजे अगाडी अर्डर गरे त्यही दिनमा ग्राहकलाई उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ । सामसुङको उक्त फोन स्मार्ट डोकोबाट खरीद गर्दा रु. १३ हजार ७९० मा किन्न सकिने र काठमाडौँ उपत्यकाभित्र फ्रि डेलिभरीको सुविधा समेत पाउने बताइएको छ ।

Read More

फेसबुकले एकिकृत गर्ने भयो इन्स्टाग्राम, ह्वाट्सएप र मेसेन्जर

फेसबुकले अब इन्स्टाग्राम, ह्वाट्सएप र मेसेन्जरमार्फत् आफ्नो मेसेजिंग सेवा दिने योजना बनाएको छ । यी तीन एप्लिकेशन फरक नै रहनेछन् तर मेसेजले जोड्नेछ र सो मेसेज संसारभर विभिन्न सेवामार्फत् प्रदान गरिनेछ । फेसबुकले बिबिसीलाई यो आफूहरुको लामो प्रयास रहेको बताएका छन् । यो योजना सुरुमा द न्यू वर्क टाइम्समा बताइएको थियो र यो नितान्त फेसबुक निर्माता मार्क जुकरबर्गको हो भन्ने विश्वास गरिएको थियो । यदि यसो गर्न सकेमा फेसबुक प्रयोगकर्ताले ह्वाट्सएप मात्र चलाउनेसँग पनि सजिलै कुरा सकोस्, त्यसैगरी इन्स्टामात्र चलाउनेसँग होस् भन्ने मुख्य उद्धेश्य रहेको बताइएको छ । हाललाई यी…

Read More

फाइभ-जी नेटवर्क अप्रिलमा आउने चीनलाई सिक्स जी नेटवर्कको हतार !

प्रविधिले फड्को यसरी मार्दैछ कि मानौँ हामी नेपालीले नयाँ नयाँ आविष्कारको चाख लिन नपाउँदै विदेशीहरु त्यसबाट अवाक भएर नयाँ आविष्कार बनाउन तत्पर भइहाल्छन् जस्तो देखिन्छ । विश्व फाइभ–जी मोबाइल सन्जालमा प्रवेश गर्न नपाउदैै चाइनाले सिक्स–जी मोबाइल नेटवर्कको धारणाप्रति लक्षित अनुसन्धानमा लागेको छ। फाइभ–जी नेटवर्क यही २०१९ को अप्रिलदेखि विश्वमा प्रवेश गर्नेछ। चीनको जियाङ्सु प्रान्तस्थित साउथइस्ट यूनिभर्सिटिका प्राध्यापक यू सियायू सिक्स–जी अध्ययनका प्रमुख हुन्। र उनी के भन्छन् भने, “फाइभ–जी नेटवर्ककै आधारमा आफूहरु सिक्जी–जीको अध्ययनमा लागेको छौँ ।” फाइभ–जी नेटवर्कको तुलनामा सिक्स–जी अझ तिव्र गतिको र सुरक्षित हुने उनले बताए ।…

Read More

नोकियाले ल्याउने भयो ७ क्यामेरा भएको स्मार्टफोन । हेर्नुहोस् मोबाइलको विशेषता :

काठमाडौँ । अब नोकिया कम्पनीले ७ क्यामेरा भएको विश्वको पहिलो स्मार्टफोन बजारमा ल्याउँदै छ । यस फोन यही जनवरी महिनामा सार्वजनिक हुन प्रबल सम्भावना रहेको छ । यो ७ वटा क्यामेरा भएको मोबाइल नोकिया ९ प्यारेभ्यु हुन सक्ने अनुमान लगाइएको छ । फोटो तथा भिडियो सार्वजनिक भइसकेको छ र नोकिया ९ प्यारेभ्युमा २ लेन्सको फ्रन्ट क्यामेरा रहनेछ भने ५ लेन्सको रेयर क्यामेरा रहनेछ । यस स्मार्टफोनको सबैभन्दा दरिलो पक्ष भनेको क्यामेरा मानिएको छ । यस फोनमा फेस रिकग्निसन फिचरबारे नखुलाइए पनि यस स्मार्टफोन प्यारेभ्युमा फ्रन्टमा २ लेन्सको क्यामेरा राखिएको छ…

Read More

विश्वमा फास्ट इन्टरनेट चलाउनेमा नेपाल ११६ औँ स्थानमा, भारत १११ मा र नर्वे पहिलो

विश्वमा विभिन्न देशका कुनाकाप्चामा समेत इन्टरनेटको पहुँच बढ्दो छ । हालै गरिएको सर्वेक्षणमा तिब्र गतिको इन्टरनेट चलाउनेमा नर्वे पहिलो स्थानमा परेको छ भने नेपाल ११६ औँ स्थानमा परेको छ । आजको कारोबार दैनिकमा उल्लेख गरिएनुसार विश्वका मोबाइल फिक्स्ड इन्टरनेटको स्पिड ओक्लाले गरेको सर्वेक्षणमा देशहरुको तिब्र गतिमा इन्टरनेट चलाउनेका आधारमा सूची तयार पारेको हो । यसरी पहिलो स्थानमा परेको नर्वेमा औसत डाउनलोड स्पीड ६३.१९ एमबीपिएस छ भने दोस्रो स्थानमा परेको आइसल्याण्डको ५८.९६ डाउनलोड स्पीड छ । नेपाल ११६ औँ स्थानमा परेको अवस्था हेर्दा तुलनात्मक रुपमा २०१८ मा नेपाल केही सुधार आएको…

Read More